Search Jobs

  • All Countries
  • All Categories
  • All Employment Type
  • Salary

FAQs/Public Forum

Ask a Question
  • मलेसियाबाट करार अवधि सकेर घर फर्केको कति महिना पछि फेरि जान मिल्छ होला ?-लोकमनी अधिकारी | Asked by: लोकमनी अधिकारी

    लोकमनी जी, मलेसियाबाट तपाईँ फर्किदा कसरी फर्किनुभएको छ त्यसमा भर पर्छ । तपाईँ फर्किंदा करार अवधि सक्काएर ‘चेक आउट मेमे’ लिएर फर्किएको हो भने फेरि अर्को प्रक्रिया गरेर जान मिल्छ । कहिलेकाही भने फर्किंनेबेला निश्चित समयसम्म फेरि फर्किन नमिल्ने भनेर तोकिएको हुन्छ । तर त्यसका लागि त्यहाँ नियम उल्ङघन गरेको वा कुनै कारबाहीमा परेको अवस्थामा मात्रै त्यस्तो हुन्छ । नत्र सामान्य अवस्थामा तपाईँ नेपाल फर्किएर जहिले जान चाहे पनि मिल्छ ।

  • मेरो घर अछाम हो। म साउदी अरेविया आएको पाँच महिना भयो। तर अहिलेसम्म पनि काम पाएको छैन।-कर्णबहादुर रावल / साउदी | Asked by: कर्णबहादुर रावल / साउदी

    कर्णबहादुर जी, सबैभन्दा पहिला तपाईँले म्यानपावर कम्पनीसँग आफूले काम नपाउनुको कारण बुझ्नुहोस्। म्यानपावरले भनेको कुरा तपाईँलाई चित्त बुझेन भने साउदी अरेवियामा रहेको नेपाली दूतावासमा आफ्नो समस्या राख्नुहोस्।  ०५०००५६५२९ नम्बरमा साउदीका लागि श्रम काउन्सीलर अम्बिका अधिकारीलाई सम्पर्क गर्नुहोस्। उहाँले तपाईँको समस्या समाधानका लागि सहजिकरण गर्नुहुनेछ।

  • प्रश्नः मलाई माल्टा पठाउँछु भनेर एक लाख रुपैयाँ दिए तर मेरो कुनै अफर लेटर वा भिसा आएन । पैसा फिर्ता दिदा ३२ हजार रुपैयाँ काटेर बाकी पैसा दियाे । मेराे पैसा किन काटेकाे हाेला ?-दिवस सापकाेटा | Asked by: दिवस सापकाेटा

    दिवस जी, हामीले तपाईँको जिज्ञासा पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं । तपाईँले म्यानपावर/एजेन्ट विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि कानूनी प्रक्रिया अनुसार रकम फिर्ता पाउनुभएको हो या म्यानपावरले माल्टा पठाउन नसकेपछि पैसा स्वत फिर्ता गरेको हो भनेर खुलाउनुभएको छैन । उहाँका अनुसार, यदी तपाईँलाई म्यानपावर आफैंले कुनै कानूनी प्रक्रियाबिनै पैसा फिर्ता दिएको हो भने कटाएर पैसा फिर्ता दिन पाइदैन । पैसा लिएर भनेको ठाउँमा पठाउन नसकेमा म्यानपावरले लिएको रकममा २० प्रतिशत थप गरेर फिर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । ३२ हजार रुपैयाँ कटाएर रकम फिर्ता दिनु भनेको तपाईँ ठगीमा पर्नु हो । त्यसैले म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्न अधिवक्ता न्यौपानेको सुझाव छ ।

  • सन् २००९ मा साउदी जाँदा मेरो पासपोर्ट नम्बर अर्कै थियो तर अहिले एमआरपी बनाउँदा पासापोर्ट नम्बर अर्कै छ । र म फेरि साउदी जाँदै छु । पासपोर्ट नम्बर फरक पर्दा समस्या हुन्छ कि हुँदैन होला ? | Asked by: हिमा थापा

     हिमा जी, नयाँ पासपोर्ट लिँदा नयाँ नम्बर आए पनि यसले यात्रा गर्दा कुनै समस्या पर्दैन । तपाईँको पूरानो पासपोर्टकै आधारमा एएआरपी पासपोर्ट बन्ने हो । एमआरपी पासपोर्ट बन्दा नयाँ सिरियल नम्बरको आधारमा तपाईँको पासपोर्ट नम्बर पनि तय हुन्छ । तपाईँले नयाँ नम्बर पाएपछि पुरानो नम्बरको कुनै अर्थ पनि हुँदैन । त्यसैले तपाईँ पहिले साउदी जाँदा हस्तलिखित पासपोर्टमा भएको नम्बर र अहिले एमआरपीमा भएको फरक नम्बरले कुनै समस्या पर्दैन ।

  • सुरक्षा गार्डमा मेरो भिसा सेम्टेम्बर १२ सम्म मात्र छ । म्यानपावरले मलाई सेम्टेम्बर १० मा यूएईको फ्लाइट गराउदैछ । यसरी यूएई भिसा सकिन जम्मा २ दिन अधि मात्र पुग्दा मलाई समस्या त हुदैन ? | Asked by: Suresh Chand

    सुरेन्द्र जी, भिसाको अवधि बाँकी हुन दुई दिनअघि यूएई पुग्दा पनि कुनै समस्या हुँदैन । किनभने पहिलोपटक यएई जाँदै हुनुहुन्छ भने तपाईँसँग भएको त्यो पेपर भिसा हो । त्यसमा अवधि भन्ने हुँदैन । त्यसमा दुई महिना लेखेको हुन्छ । त्यसको अर्थ तपाईँ दुई महिना भित्र यूएई प्रवेश गरिसक्नुपर्छ । अनि गन्तव्य देशमा पुगेपछि चाहिँ पासपोर्टमा भिसा लाग्न सुरु हुन्छ । पेपरमा एक दिन मात्र भिसा बाँकी छ भने पनि सहज रुपमा प्रवेश गर्न पाइन्छ । 

  • प्रश्न: वैदेशिक रोजगारको सिलसिलामा जति अवधीको करारमा गएको हुन्छ त्यो बिचमा कम्पनी बन्द भएर करार अवधि नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ यो सम्बन्धी के प्रावधान छ ? -अर्जुन बुढाथोकी | Asked by: अर्जुन बुढाथोकी

    अर्जुन जी, हामीले तपाईंको प्रश्न पिपुल्स फोरममा आवद्ध अधिवक्त कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार, कम्पनी बन्द हुँदा यही सहायता पाइन्छ भन्ने कानुनी प्रवधान छैन। तर करार अवधिभर काम गर्न नपाउँदा कामदार मर्कामा पर्ने भएकाले करार अवधिभरीको तलब दावी गर्न पाइन्छ। र, क्षतिपूर्ति पनि पाइन्छ। पिपुल्स फोरमले तपाईंलाई निःशुल्क कानुनी सहायता दिन्छ। सहायता र  थप जानकारीका लागि ९८४१४२२४७१मा सम्पर्क गर्न सक्नुहुन्छ।

  • मैले सुने अनुसार श्रम स्वीकृती नविकरण एयरपोर्टबाट पनि हुन्छ। के यो साचो हो ? कृपया वास्तविकता के हो बुझाईदिन अनुरोध गर्दछु। | Asked by: सन्तोष बिमली

    सन्तोष जी, श्रमस्वीकृति नविकरण वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचल काठमाडौंमा मात्रै हुने व्यवस्था छ। त्यसैले नविकरणका लागि तपाईं कार्यालयमा जानै पर्छ। श्रम स्वीकृति नविकरण नगर्दा विदेशमा अप्ठेरो आइपर्दा सरकारले दिने क्षतिपूर्ति पाइन्न। त्यसैले पुनःश्रमस्वीकृति गराउनु होला।

  • वैदेशिक रोजगार विभागमा उजुरी दिएको कति दिनमा म्यानपावरबाट पासपोर्ट फिर्ता पाइएला ? | Asked by: जगदिश

    जगदिश जी, अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार कुनै प्रक्रिया अघि बढाएको छैन भने तपाईंले पासपोर्ट फिर्ता माग्दा म्यानपावरले तुरुन्त दिनुपर्छ । उजुरी गर्दा विभागले म्यानपावरका सञ्चालकलाई बोलाएर तुरुन्त पासपोर्ट फिर्ता गर्न लगाउँछ । तर श्रमस्वीकृति लिने लगायतका प्रक्रिया अगाडि बढाएको भए चाहिँ सहमतिमा पासपोर्ट फिर्ता लिनुपर्छ । त्यसका लागि म्यानपावरले खर्च गरेको पैसा तपाईंबाट लिन सक्छ ।

  • म साउदी अरेविया आएको ६ महिना भयो। म घर फर्किन चाहन्छु। के गर्न पर्ला ? -सन्जय राई | Asked by: सन्जय राई

    सन्जय राई जी, साउदीको कानुन अनुसार तपाईँ घर फर्किनका लागि रोजगारदाताको अनुमती अनिवार्य रुपमा चाहिँन्छ। रोजगारदाताको अनुमती बिना तपाईँ स्वदेश फर्किन सक्नुहुन्छ। त्यसैले तपाईँले पहिलो कुरा रोजगारदातासँग घर फर्किँने अनुमति लिन पर्यो। यदी रोजगारदाताले अनुमति दिएन भने पनि तपाईँसँग अर्को विकल्प छ। तपाईँको परिवारले काठमाडौंको बुद्ध नगरमा रहेको वैदेशिक रोजगार विभागमा गएर तपाईँलाई स्वदेश फर्काउनका लागि निवेदन दिन सक्छन्। म्यानपावले तपाईँको रोजगारदातालाई अनुरोध गरिदिन सक्छ। तर रोजगारदाताको अनुमति चाहिँ अनिवार्य हो।

  • मैले काम गरे अनुसारको तलब पाएको छैन । मैले के गर्नु पर्ला ? - गणेश पाण्डे | Asked by: गणेश पाण्डे

    गणेश जी, तपाईँलाई कुन देशमा र कस्तो काममा समस्या परेको हो भनेर खुलाउनुभएको छैन । यदी तपाईँले सम्झौता अनुसारको तलब नपाएको हो भने नेपालमा म्यानपावर विरुद्ध उजुरी दिन मिल्छ । त्यसका लागि तपाईँले काठमाण्डौको बुद्धनगरमा हरेको वैदेशिक रोजगार विभाग वा आफ्नै जिल्लामा गएर सिडियोलाई पनि निवेदन दिन सक्नुहुन्छ । सम्झौतामा उल्लेख गरे अनुसारको काम गरेर पनि तलब पाउनुभएको छैन भने नपुग तलब तपाईँलाई म्यानपावरले नै दिलाउनु पर्ने  प्रावधान छ । 

  • म यहाँ आयको ४ महिना भयो । कतारको परिचयपत्र पनि बनेको छैन । तलब ८ सय दिन्छ काम चाहिँ १३ भण्टा गर्न पर्छ । म्यानपावर र मलाई पठाउने मान्छेलाई के गर्ने होला ? | Asked by: धनबहादुर रोकाय / कतार

    धनबहादुर रोकाय / कतार, तपाईँलाई कम्पनीले सम्झौता भन्दा बढी काम र कम तलब दिएको हो भने तपाईँले म्यानपावर या तपाईँलाई विदेश पठाउन सहयोग गर्ने एजेन्ट विरुद्ध काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नुहुन्छ । त्यसका लागि तपाईँले बढी काम गरेको र कम तलब पाएको केही प्रमाण भने चाहिन्छ । तपाईँलाई कतारी आइडी कार्ड पनि नदिएर समस्या भएको छ र नेपाल फर्किन चाहानुहुन्छ भने नेपाल फर्किएको ३५ दिन भित्र विभागमा उजुरी दिनपर्छ । तपाईँको सम्झौता अनुसार कम भएको तलब दिलाउन विभागले सहयोग गर्छ ।

  • श्रम गर्नको लागि काठमाडौ नै जानू पर्छ कि अरु ठाउँबाट पनि हुन्छ ? | Asked by: मिलन माझी / साउदी अरेविया

    मिलन जी, अहिले सरकारले पुनःश्रम स्वीकृती प्रदेशबाटै दिने व्यवस्था गरेको छ । तपाईँले तपाईँको प्रदेशमा रहेको श्रम कार्यलयबाटै पुनः श्रम स्वीकृत लिन सक्नुहुन्छ । जस्तै प्रदेश एकको विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ४ को पोखराबाट, प्रदेश ५ को बुटवलबाट, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीबाट पुनः श्रम स्वीकृती लिन सकिन्छ ।

  • मेरो नाम अनु हो । कोरियन जान के के प्रक्रिया हुन्छ र कुन कुन काम गर्नपर्छ ? खर्च कति लाग्छ बताइदिनुस् न ? | Asked by: अनु

    अनु जी, कोरिया जानका लागि भाषा र सीप परीक्षामा परीक्षा पास हुनुपर्छ । भाषा र सीप परीक्षामा पास भएपछि कोरियाको लागि रोजगार आवेदन फारम भर्न पाइन्छ । नेपाल सरकारले ईपीएस प्रणालीबाट कोरियामा नेपालीलाई पठाउनका लागि आवेदन माग गर्छ । त्यही बेला आवेदन दिन पर्छ । आवेदन दिएको केही महिनापछि भाषा परीक्षा हुन्छ । भाषा परीक्षामा पास हुनेले सीप परीक्षा दिन पाउँछन् । सीप परिक्षणमा पनि उत्र्तिण भएमा कोरियाको रोजगारीको लागि आवेदन फारम भर्न पाइन्छ । यदी कोरियबाट करार सम्झौताको कपि आयो भने तपाईँ कोरिया जान पाउनुहुन्छ । 7iiकोरिया जानका लागि ८१९.४८ अमेरिकी डलर अथवा मंगलबारको विनिमय दर अनुसार ९३ हजार ९५७ रुपैयाँ खर्च लाग्छ । थप जानकारीका लागि वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाको 01-5186349 नम्बरमा सम्पर्क गर्नहोस् ।

  • मेरो नाम पर्वत हो । विदेशमा गरिने स्काफोल्डिङको काम कस्तो काम हो ? के के गर्न पर्छ । र सीप सिक्न कहाँ पाइन्छ बताइदिनुस् न ? | Asked by: पर्वत

    पर्वत जी, स्किाफोल्डिङको काम भनेको खट बाध्ने काम हो । यो काममा जाँदा जस्तै  घर बनाइरहेको ठाउँमा हो भने फलामबाट बनेका पाइपको खट बाँध्नपर्छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन्छ । तालिममा सहभागी हुन सोमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गर्नुहोला ।

  • जापानमा कामदार भिसामा जान के गर्नुपर्छ ? | Asked by: Samir

    Please contact us for more info...

  • कतारमा Tourist भिसामा गएर काम गर्न सकिन्छ ? | Asked by: dinesh

    सकिदैन |

  • मलेशिया को रोजगारी कहिले खुल्छ | | Asked by: dinesh

    ज्ञानु गैरे,प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : काम सिकेर, लाईसेन्स लिएर जानु भयो भनें धेरै राम्रो हुन्छ । लाईसेन्स नभई यस्तो कामको भिषा भनें आउँदैन । यसको लाईसेन्स लिन केहि गाह्रो छ तर काम सिकेर तपाईले लाईसेन्स लिनसक्नु भयो भनें बुल डोजर अप्रेटर, क्रेन अप्रेटर जस्ता काममा माग पनि आउँछन् र कमाई पनि आकर्षक हुन्छ ।

     

  • विदेशमा डोजर चलाउन जान अनुमति छ? | Asked by: Ramesh

    ज्ञानु गैरे ,प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघ : काम सिकेर, लाईसेन्स लिएर जानु भयो भनें धेरै राम्रो हुन्छ । लाईसेन्स नभई यस्तो कामको भिषा भनें आउँदैन । यसको लाईसेन्स लिन केहि गाह्रो छ तर काम सिकेर तपाईले लाईसेन्स लिनसक्नु भयो भनें बुल डोजर अप्रेटर, क्रेन अप्रेटर जस्ता काममा माग पनि आउँछन् र कमाई पनि आकर्षक हुन्छ ।

  • Where are you Located? | Asked by: Saroj

    We are located at Balaju

  • खाडी मुलुकमा इन्जिनियरलाई कस्तो सुविधा हुन्छ?

    ध्रुव शर्मा, बुटवलः मैले सिभिल ईञ्जिनियरमा स्नातक गरेको छु । म वैदेशिक रोजगारका लागि खाडी मुलुकमा जान चाहन्छु । त्यहाँ कस्ता अवसर हुन्छन्? तलब सुविधा कस्तो हुन्छ? जाँदा लागत खर्च कति लाग्ला?

    कमल तामाङ, महासचिव, नेपाल बैदेशिक रोजगार व्यवसायी संघः सिभिल ईन्जिनियरको माग साउदी अरव, बहराईन, कतार, ओमन, कुबेतबाट प्रशस्त आउँछ । सिभिल ईन्जिनियरमा जानको लागि खासै खर्च हुन्न, त्यसका लागि फ्री टिकट, फ्री भिसा हुन सक्छ । तिर्नै पर्ने भएमा पनि १०÷१५ हजार रकम तिरेर पनि जाने अवशर पाईन्छ । तलव भनें अनुभवको आधारमा हुन्छ । तपाईले कुन बिश्वबिद्यालयबाट कहिले पास गर्नु भयो, नेपालमा के कस्तो अनुभव छ? त्यहि आधारमा तलव तय हुन्छ । मेरो जानकारीका आधारमा तपाईले १ लाखको हाराहारी देखि केहि लाख तलव पाउन सक्नुहुन्छ । माग धेरै भएको हुँदा तपाईलाई खाडी मुलुकमा जान गाह्रो छैन । थोरै लगानीमा, धेरै कमाई हुने ठाउँ छानेर जान सक्नुहुन्छ । ख्याल गर्नुहोला यस्तो कामका लागि माग पत्रमै सिभिल ईन्जिनियर भनेर लेखिएको हुनुपर्छ । त्यस्तो माग आईरहन्छ ।

  • कुवेतमा सेक्युरीटी गार्डमा जान पाइन्छ?

    युवराज कोइराला, उदयपुर - म कुवेत जान चाहन्छु ,कुवेत जान कति खर्च लाग्छ? अनि सुरक्षा गार्डको काममा कुवेत जान मिल्छ की मिल्दैन? विदेश जाँदा सीप सिकेर मात्रै जानुपर्छ भन्ने सुनेको छु ,सेक्युरिटी गार्डको तालिम दिने त्यस्ता संस्था छन् कि छैनन्?

    ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघः प्रायः हरेक मुलुकमा नेपाली कामदारलाई सुरक्षा गार्डमा लिने चलन छ । प्रहरी वा सेनामा काम गरिसकेको अनुभव भएकालाई अझ धेरै पारिश्रमिक दिईन्छ । तालिम लिएर गएकाहरुले बिभिन्न सुपर मार्केटहरुमा काम पाउँछन् । तालिम दिने संस्था काठमाडौंमा प्रसस्तै छन् । पूर्व सैनिक वा पूर्व प्रहरी भएमा उनीहरुका लागि कुवेतमा पछिल्लो समयमा फ्री भिसा, फ्री टिकटको पनि व्यवस्था छ । त्यसरी जाँदा धेरै खर्च लाग्दैन । नत्रभनें पनि तालिम लिएर दक्ष भएर सरकारी स्वीकृति प्राप्त बैदेशिक रोजगार कम्पनी मार्फत जानु उचित हुन्छ । बिचका व्यक्ति मार्फत रोजगार कम्पनीमा सम्पर्क गर्नु हुन्न, त्यसो भएमा अत्यन्तै न्यून रकममा कुवेत जान सक्नुहुनेछ ।

  • एजेन्टले पासपोर्ट फिर्ता दिएन, म के गरौं?

    सुन्दरकुमार बिष्ट, प्यूठानबैदेशिक रोजगारमा जानको लागि भनेर ६ महिना अघि एकजना एजेण्टलाई मेरो पासपोर्ट दिएको थिएँ । तर उसले न मलाई विदेश पठाउँछ न मेरो पासपोर्ट फिर्ता दिन्छ । अव मैले के गर्दा उचित हुन्छ होला ?

    दिवस आचार्य, निर्देशक बैदेशिक रोजगार बिभाग : सुन्दर जी, तपाईले कुन कम्पनीका लागि कुन एजेण्टलाई पासपोर्ट बुझाउनु भएको हो त्यो कुरा राम्रोसँग बुझेर आफ्नो समस्या खुलाएर बैदेशिक रोजगार बिभाग, तिनकुने काठमाडौंमा उजुरी दिन सक्नुहुन्छ । त्यसरी उजुरी दिएपछि तपाईको पासपोर्ट हामीले फिर्ता गराईदिन सक्छौ । विभागको ठेगानामा हुलाक मार्फत पनि आफ्नो उजुरी दर्ता गर्न  सक्नुहुन्छ ।

  • भिसा लागेर नजादा भिसा शुल्क तिर्नु पर्छ कि पर्दैन?

    मैले एकजना एजेण्टलाई मेरो एमआरपी (पासपोर्ट) दिएको थिएँ । उसले भिषा लगाईदिएछ । तर म नजाने भएपछि उसले भिषा शुल्क र बिमा बापतको रकम तिरेमा मात्रै पासपोर्ट फिर्ता दिने, नत्र नदिने भनेको छ । भिसा शुल्क कति तिर्नुपर्छ ?


    ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - यसका बारेमा वैदेशिक रोजगार ऐन, २०६४ ले प्रष्ट ब्यवस्था गरेको छ  । वैदेशिक रोजगारमा जानका लागि वैदेशिक रोजगार कम्पनीहरुमा राहदानी (पासपोर्ट) दिएर भिसाका सम्पूर्ण प्रकृयाहरु पूरा गरिसके पछि रोजगारमा जान नचाएको अवस्थामा प्रकृयामा लागेको खर्च वरावरको रकम वैदेशिक रोजगार कम्पनीहरु (म्यानपावर कम्पनी) लाई दिनु पर्छ भनेर प्रष्ट लेखिएको छ । भिसा लागेर नजादा भिसा शुल्क तिर्नु पर्छ कि पर्दैन?

  • म भिजिट भिसामा गएर काम गर्न पाउँछु???

    उत्तर : बलबहादुर तामाङ, पूर्व अध्यक्ष,नेपाल वैदेशिक रोजगर व्यवसायी संघ- भिजिट भिसामा गएर काम गर्नु अवैधानिक मानिन्छ । यसो गर्नु भनेकाे तपाईंले देशलाई ठगी गरे जस्तै हो । तपाईं काम गर्नकै लागी जाने भए रोजगारी भिसामा जानुस् । त्यसको लागि तपाईंले श्रम स्वकृती लिनुपर्छ । यसले तपाईंको बिमा पनि कभर गर्छ । घाइते अथवा मर्दापर्दा तपाईं वा तपाईंको परिवारले बिमा दावि गर्न पाउनुहुन्छ । तपाईंलाई साह्रो गाह्रो पर्दा सरकारले मद्दत गर्न सक्छ ।