अभियन्ता ज्ञानेन्द्र शाही रिहा

अभियन्ता ज्ञानेन्द्र शाही रिहा

अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।सर्बोच्च अदालतमा भएको थुनछेक बहस पछि शाही रिहा भएको श्रोतले बताएको छ ।बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहेका शाही अदालतको फैसला संगै रिहा भएका हुन् ।लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको थियो ।यस अघि पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आ’देश दिएको थियो ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दा’यर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इ’जलासले पक्राउ गर्नुको आधार र कारणसहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको थियो । सोही रिटमाथि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो। सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो।

निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको थियो। आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको थियो। शक्तिराज शाही पनि छुटेका छन्। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको हो। शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।


//esidhakura.com/archives/23385?fbclid=IwAR3D3ocld-NRz3HUxpRZkYDh5UB-r4MG2VYDk9kpw7ExpcebLNfp3jZT2r4

ad on news side