डेनमार्कमा अस्ताए सन्तकुमार

डेनमार्कमा अस्ताए सन्तकुमार

डेनमार्कमा उनको बसाइ भएपनि युरोपभर परिचित नाम हो सन्त कुमार थापा मगर। युरोपका देशहरुमा पुगेर उनले नृत्य नगरेको सायदै होला। श्रीमती मलिका प्रधानसँगै युगल नृत्य युरोपको नेपाली समुदायले असाध्यै रुचाएको जोडी हो । तर, ४१ वर्षको उमेरमा नै उनै सन्त कुमार सधैँका लागि अस्ताएका छन्।विहानै मगरको निधनबारेको खबर सामाजिक सञ्जालमा फैलिएको थियो। उनको असमायिक निधनको खबरले युरोपको नेपाली समुदाय नै शोकमग्न बन्‍न पुग्‍यो । सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरे। उनी निकटवर्तीका अनुसार गत वर्ष नै उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो। केही नजिकका साथीहरुलाई उनले भावुक हुँदै सम्पर्क पनि गरेका थिए। डेनमार्कको सबैभन्दा ठूला अस्पतालहरूमध्येको एक तथा कोपनहेगनको सबैभन्दा उच्च विशेषज्ञ अस्पताल ठानिएको रिग्स हस्पिटालेतमा उनको उपाचार भइरहेको थियो।आइतबार एक्कासी निधनको खबरले डेनमार्कको नेपाली समुदाय मात्र हैन युरोपमा बसोबास गर्ने आम नेपाली समुदाय नै झस्कियो ।काठमाडौँको मच्छेगउँमा जन्मिएका उनी विगत एक दशकदेखि श्रीमती र एक छोरीका साथ डेनमार्कको होयेटासटुरपमा बस्दै आएका थिए। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त कुमार युरोप आएपछि पनि कलाकारिता क्षेत्रमा नै सक्रिय भए। उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )डेनमार्कका संस्थापक अध्यक्ष हुँदै युरोपका संयोजक बने। त्‍यससँगै इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजक समेत बनेर काम गरे उनले।नेपाली चलचित्र ‘कपुरी क’ मा उनको कोरियोग्राफ्री रहेको छ। साथै विभिन्न म्युजिक भिडियोहरुमा मगरले अभिनय, निर्देशन र कोरियोग्राफ्री गरेका छन् । विदेशमा आयोजना हुने नृत्य प्रतियोगिताहरुमा उनी ने प्राय: निर्णायकको भूमिकामा देखिन्थे। ईनासको स्थापनाकालदेखि हालसम्म हुँदै आएका ग्लोबल तथा क्षेत्रीय स्तरका कार्यक्रमहरु सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको छ।Surce:- //www.onlinekhabar.com/2021/04/949178
ad on news side