बहराइनमा थप ७२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण

बहराइनमा थप ७२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण

बहराइनमा थप ७२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको स्थानीय समय अनुसार मंगलबार १२ बजेसम्ममा जम्मा १२१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले  जानकारी दिनुभयो । 

 यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासको पहुँच नहुने पनि श्रम सहचारी दाहालले बताउनुभयो ।दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।

ad on news side