यूएईमा आफ्नै श्रीमतीको हत्या गर्ने नेपालीलाई जन्मकैद

यूएईमा आफ्नै श्रीमतीको हत्या गर्ने नेपालीलाई जन्मकैद

युनाइटेड अरब इमिरेट्स (यूएई)को एक अदालतले श्रीमती हत्याको अभियोगमा नेपाली कामदारलाई २५ वर्षको कैद सजाय सुनाएको छ । २५ सेप्टेम्बर २०२० मा यूएईको दुबईमा ती नेपाली युवाले आफ्नै श्रीमतीको छाती, पेट, घाँटी र टाउकोमा एघार पटकसम्म सांघातिकरुपमा चक्कु प्रहार गरेका थिए । 

 दुबईको ‘क्रिमिनल कोर्ट’ले यसै हप्ता फैसला गर्दै नेपाली युवालाई २५ वर्ष जेल सजाय सुनाएको हो । यूएईमा २५ वर्षको सजाय उच्चतम हदको सजाय हो । उनी जेल सजाय भुक्तान गरेपछि मात्र नेपाल फर्किन पाउने छन् । अभियुक्तले सन् २०१९ मा विवाह गरी हत्या गरिएकी श्रीमतीलाईसँगै लगेका थिए । तर गत जुन महिनामा परपुरुषसँग अवैध सम्बन्ध राखेको आशंकामा सांघातिक आक्रमण गरेको खालिज टाइम्सले उल्लेख गरेको छ ।

 मृतक तथा हत्यामा दोषी नेपाली युवाको नाम भने खुलाइएको छैन । हत्यापछि अपराध स्वीकार गरेका उनले रगतमा लत्पतिएको श्रीमतीको फोटो तस्विर लिएर स्थानीय प्रहरीलाई फोन गरेको खालिज टाइम्सले उल्लेख गरेको छ ।

ad on news side