मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु

मलेसियामा कार्यरत एक नेपाली कामदारको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुमा रहेको चर्चित कम्पनी टप ग्लोभ्सको ९ नम्बर शाखा फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुन बहादुर मगरको बिहीबार साँझ खाना खाएर सुतेको र शुक्रबार विहान मृत भेटिएको सोही कम्पनीमा कार्यरत नेपाली कामदारहरुले बताएका छन् । 

 उनी क्षयरोगबाट विरामी भई उपचाररत रहेका थिए । शुक्रबार विहान मृत फेला परेका मगरको शव नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । उनी वैदेशिक रोजगारीको विगत उक्त कम्पनीमा विगत ६ वर्षदेखि कार्यरत रहेका थिए । उता वैदेशिक रोजगारीको क्रममा इजरायलमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका ९ निवासी साबित्रा लुइँटेल घिमिरको इजरायलमा हृदयघात भएर सोमबार मृत्यु भएको हो । इजरायलमै बसेर विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध रहि सामाजिक काममा समेत सक्रिय रहेकी साबित्रा साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएकी थिइन् ।

ad on news side