कतारमा म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने

कतारका रोजगारदाताले नेपाली श्रमिक लैजान म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरे माग पत्र प्रमाणीकरण नहुने भएको छ । मार्च १ अर्थात् हिजोदेखि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताको माग पत्र प्रमाणीकरण नगर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

 नेपालबाट श्रमिक पठाए बापत रोजगारदाताले नै म्यानपावरलाई सेवा शुल्क उपलब्ध गराउँछन् । तर नेपालमा भने श्रमिकले नै म्यानपावरलाई मागे जति रकम उपलब्ध गराउनुपर्ने बाध्यता छ । यसअघि माग पत्र प्रमाणीकरणका लागि म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख गर्नुपर्ने व्यवस्था थिएन ।तर अब भने यो व्यवस्था लागू भइसकेको भन्दै दूतावासले अनिवार्य रूपमा माग पत्र ल्याउँदा रोजगारदाताले म्यानपावरलाई उपलब्ध गराउने सेवा शुल्क पनि उल्लेख गर्नुपर्ने जनाएको छ । 

तर यो नियमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । यस्तै साउदीमा रहेको नेपाली दूतावासमा माग पत्र प्रमाणीकरणको काम स्थगित भएको छ । प्रमाणीकरण भइसकेका मागहरू वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राख्नका लागि दूतावासले आज मंगलबारदेखि १० मार्च अर्थात् फागुन २६ गतेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

ad on news side